सर्वेक्षणमा ६ ठूला राज्यमा बाइडनभन्दा ट्रम्प अगाडि

काठमाडौँ- अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति जो बाइडन र डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने निश्चित जस्तै छ ।
यसैबीच एक ओपिनियन पोलले चकित पार्ने दाबी गरेको छ । सातमध्ये ६ वटा राज्यमा बाइडन आफ्ना प्रमुख प्रतिद्वन्द्वी ट्रम्पभन्दा पछाडि रहेको बताइएको सो पोलले आफ्नो नतिजामा देखाएको छ ।
यूएस ओपिनियन पोलले ट्रम्पले बाइडनलाई पछाडि छाडेको देखाएको हो ।
वाल स्ट्रिट जर्नलले गरेको सर्वेक्षणले ठूलो संख्यामा मतदाता राष्ट्रिय अर्थतन्त्रप्रति सन्तुष्ट नभएको देखाएको छ । यसबाहेक मानिसहरूले बाइडेनको काम गर्ने क्षमतामाथि पनि शंका गरेका छन् ।
सर्वेक्षण पेन्सिलभेनिया, मिशिगन, एरिजोना, जर्जिया, नेभाडा र उत्तरी क्यारोलिनामा डोनाल्ड ट्रम्प दुईदेखि आठ प्रतिशत अंकले अगाडि छन् । तर, विस्काँन्सिनमा बाइडन तीन अंकले अगाडि छन् ।
यति मात्र होइन सर्वेक्षणले हरेक राज्यमा राष्ट्रपति बाइडनको काम मन नपराउने मानिस बढी रहेको खुलासा गरेको छ । यसको विपरित ट्रम्प राष्ट्रपति हुँदा एरिजोनामा मात्रै उनलाई मन पराइएको थिएन । रियल क्लियर पोलिटिक्सका अनुसार ट्रम्प र बाइडनबीच कडा प्रतिस्पर्धा छ । प्रमुख राष्ट्रिय सर्वेक्षणको औसतले पूर्व राष्ट्रपति ट्रम्प बाइडनभन्दा ०.८ प्रतिशत अंकले अगाडि रहेको देखाएको छ ।
तर अमेरिकी चुनावमा प्रतिष्पर्धाको जति चर्चा छ त्यति नै डोनाल्ड ट्रम्पले लगातार दिइरहेको विवादास्पद बयानको पनि चर्चा भइरहेको छ ।
यसअघि ओहायोको डेटनमा एक र्यालीलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘हामी सिमानाबाट आउने हरेक गाडीमा शतप्रतिशत भन्सार लगाउने छौं र म निर्वाचित भएँ भने तपाईंले बेच्न सक्नुहुन्न । अब म निर्वाचित भएन भने यहाँ रक्तपात हुनेछ । कम्तिमा यो हुनेछ। देशका लागि रक्तपात हुन लागेको छ ।'
अमेरिकी राष्ट्रपति जो बाइडनको अभियानका प्रवक्ता जेम्स सिंगरले डोनाल्ड ट्रम्पको भनाइको निन्दा गरेका थिए ।

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया