आयरल्यान्ड उल्भ्सले नेपाललाई दियो १७५ रनको लक्ष्य

काठमाडौँ- पाहुना टोली आयरल्यान्ड उल्भ्सले एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल 'ए' लाई १ सय ७५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड उल्भ्सले ३८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो ।
आयरल्यान्ड उल्भ्सका लागि गाभिन होएनले ५० रन तथा कप्तान निल रकले ४५ रन बनाए । लियाम म्याककार्थीले ३५ रन र पिटर मुरले १७ रन जोडे ।
नेपाल 'ए' का लागि शहाब आलमले ३, रिजन ढकालले ३, मौसम ढकालले २ तथा कमल सिंह ऐरी १ विकेट हात पारे ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया