सामसङले टेक्ससको चिप निर्माण गर्ने कम्पनीको लगानी ४४ बिलियन डलर पुर्याउने
काठमाडौँ- जर्मन टेक्नोलोजी कम्पनी सामसङ इलेक्ट्रोनिक्सले अमेरिकाको टेक्ससमा रहेको चिप निर्माण गर्ने कम्पनीको लगानी ४४ विलियन अमेरिकी डलर पुर्याउने भएको छ ।
वाल स्ट्रिट जर्नलले जनाएअनुसार सामसङको नयाँ लगानी खासगरी टेलर सहरमा केन्द्रित हुने भएको छ ।
टेलर सहरमा सामसङले अर्धचालक सुविधा निर्माण गरिरहेको तथा सो स्थानमा सामसुङले अब अर्को चिपमेकिंग प्लान्ट र उन्नत 'प्याकेजिङ हब' निर्माण गर्ने योजना बनाएको जनाइएको छ ।
यता अमेरिकी सरकारले टेक्ससको टेलर सहरमा व्यवसाय विस्तारका लागि सामसङलाई ६ बिलियन डलर सहयोग गर्ने योजना समेत बनाएको ब्लुमबर्ग न्यूजले यसअघि जनाएको थियो ।
सन् २०२१ मा सामसङले टेलर सहरमा १७ बिलियन डलरको प्रोजेक्ट घोषणा गरेको थियो ।

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया