लुम्बिनीमा एमालेबाट को-को बन्दैछन् मन्त्री ?

बुटवल- नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री बन्ने भएका छन् ।
सरकारको भागबण्डामा एमालेले पाँच मन्त्रालय पाएको हो । त्यस्तै माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नाउपा, जसपा र स्वतन्त्र सांसदले एक-एक मन्त्रालय पाउने भएका छन् ।
यसैबीच एमालेले सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुंगाएको छ । एमालेबाट चेतनारायण आचार्य यसअघि नै मन्त्री रहेका छन् र उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । त्यस्तै भूमिश्वर ढकालले सहरी, दिनेश पन्थीले गृह, अर्जुनकुमार केसीले सामाजिक विकास र रत्न खत्रीले वन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
मुख्यमन्त्री जोखबहादुर महराले आजै ११ सदस्यीय मन्त्रिपरिषद बनाउँदै छन् र बेलुकी ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

वनवाटिकामा आन्तरिक पर्यटकको घुइँचो

दुर्घटनामा चालकको मृत्यु

वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित
विश्वशान्तिको कामना गर्दै भैरहवामा मनाइयो हनुमान् जयन्ती

निर्माण क्षेत्रका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण

निस्दीमा घट्दैछ बालविवाह

प्रतिक्रिया