कोभिड-१९ लाई बहाना बनाउने छुट छैन: स्पेनी प्रशिक्षक एनरिके

काठमाडौँ: युरोमा सोमबार राती स्पेन र स्विडेन आमनेसामने हुँदैछन् । जुन समूह ‘सी’ को पहिलो खेल हुनेछ । युरो सुरु हुनु अगाडि नै यी दुई टिम युरोपियन अखबारहरूको हेडलाइन बनेका थिए । कारण ? दुवै टिमका केही खेलाडीमा कोभिड-१९ संक्रमणमा परे ।
स्पेन र स्विडेनको क्याम्पमा कोभिड–१९ संक्रमणको क्रास प्रवेश गरेसँगै ती दुई टिमको तयारीमा असर पुगेको अनुमान गरियो । यद्यपि स्पेनी प्रशिक्षक लुइस एनरिकेले केही खेलाडी संक्रमणमा परेकै कारण युरोमा आफ्नो टिमको प्रदर्शनमा असर पुग्न नहुने प्रतिक्रिया दिएका छन् ।
‘हामी आफ्नो खेल शैलीमा स्पष्ट छौँ । स्पेनी टिमले कस्तो शैलीमा खेल्ने भन्ने विषयमा गत वर्ष नै हामीले छलफल गरिसक्यौँ । हो, हामीसँग हाम्रो कप्तान हुने छैनन् । तर हामीले उनको अनुपस्थितीमा पनि सन्तुलित खेल देखाउनु पर्नेछ । हामीलाई कुनै पनि किसिमको बहाना बनाउने छुट छैन । हामी स्विडेनसँगको खेलका लागि तयार छौँ,’ लुइस एनरिकेले आइतबार आयोजित पत्रकार सम्मेलनमा भनेका छन् ।
स्पेनले कप्तान सर्जियो बुस्क्वेट्स गुमाएको छ भने कोभिड-१९ संक्रमणमा परेका अर्का खेलाडी डिएगो लोरेन्टे टिममा फर्केका छन् । गत शुक्रबार स्पेनी टिमका सबै खेलाडीले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया