उपनिर्वाचनमा मतदातालाई यातायातको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ । सोमबार बसेको आयोगको बैठकले गृह मन्त्रालयलाई सो निर्देशन दिएको हो ।
इलाम-२ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(१) मा उपनिर्वाचन हुँदैछ ।
आयोगले दुई जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउन आग्रह गरेको छ । आयोगले भनेको छ, 'निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल प्रभाव नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालय मार्फत निर्देशन दिने ।'
साथै आयोगले मतदानअघिको ४८ घण्टादेखि निर्वाचन आचारसंहिताअनुसार निषेध गरिएका कार्यहरू हुन नदिन समेत गृहमन्त्रालय मार्फत निर्देशन दिने निर्णय गरेको छ ।

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित

धर्म नभएकाले राजनीति गर्दा नागरिकलाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्ध…

‘बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ’ : प्रधा…

‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’

"निजी क्षेत्रको समस्या समाधान सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल"

हात हालाहालको स्थिति लडाइँमा परिणत हुन पाएनः प्रधानमन्त्री ओली

‘बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ’

प्रतिक्रिया