आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

कोपा अमेरिकामा चिलीसँग अर्जेन्टिनाको बराबरी

काठमाडौ : कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । सोमबार राति भएको खेलमा अर्जेन्टिना र चिलीले एक-एक गोलको बराबरी खेलेका छन् । 

ब्राजिलको सान्तोस स्टेडियममा खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले आकर्षक गोल गरेका थिए । फ्रिकिकमा उनले गोल गर्दा टिम १–० गोलले अघि थियो ।


तर चिलीका एडुवावार्डो भेगासले ५८ औँ मिनेटमा बराबरी गोल फर्काए । अन्तिम समयतिर चिलीले खेल जित्ने गरी पेनाल्टीमा पाएपनि गोल गर्न नसक्दा खेल बराबरीमा टुंगिएको हो ।