इरानी सुरक्षा बलले प्रदर्शनकारी युवतीलाई यौन दुर्व्यवहारपछि हत्या गरेको खुलासा

काठमाडौँ- इरानी सुरक्षा बलहरूले एक प्रदर्शनकारीलाई यौन दुर्व्यवहारपछि हत्या गरेको खुलासा भएको छ ।
बीबीसीका अनुसार एक इरानी किशोरीलाई इरानको सुरक्षा बलमा काम गर्ने तीन जना पुरुषले यौन दुर्व्यवहारपछि हत्या गरेका थिए ।
यी सुरक्षा बलहरूले लेखेको विश्वास गरिएको एउटा लिक भएको कागजातबाट यो प्रकाशमा आएको हो ।
सन् २०२२ मा इरानमा जारी विरोध प्रदर्शनका क्रममा अचानक बेपत्ता भएकी १६ वर्षीया निका शक्रमानीको नौ दिनपछि शव फेला परेको थियो । इरान सरकारले उनले आत्महत्या गरेको दाबी गरेको थियो ।
यो प्रतिवेदनलाई अत्यधिक गोप्य भनी चिन्ह लगाइएको छ । यो रिपोर्ट सुरक्षा बल इस्लामिक रिभोलुसनरी गार्ड कोरद्वारा निकाको मुद्दामा गरिएको सुनुवाइको सारांश हो । यसमा उनका हत्याराहरू र सत्य लुकाउन खोज्ने वरिष्ठ कमाण्डरहरूको नाम समावेश छ ।
सो गोप्य प्रतिवेदनमा एक व्यक्तिले उनीहरूको शोषण गरेको, हातकडी लगाएर पनि निकाले विरोध गरिरहेको र हात खुट्टा हलाएर आफूलाई बचाउने प्रयास गरेको उल्लेख छ ।

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान

इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुन खानीमा पहिरो : ६ जनाको मृत्यु, १४ बे…
चीनसँग डेनमार्कको ‘खुला’ छलफल

प्रतिक्रिया