जेन स्पाको १५ औँ वार्षिकोत्सवमा ग्राहकलाई के-के सुविधा छ ?

काठमाडौँ- ठमेलस्थित जेन स्पाले १५ औं वार्षिकोत्सव मनाउने भएको छ । बुधबार मे फस्टमा स्पाले वार्षिकोत्सवमा ग्राहकहरूलाई आयुर्वेदिक जीवनशैली परामर्श, निःशुल्क अकुपन्चर सेवा तथा स्पाका विभिन्न सेवाहरू आकर्षक छुटमा उपलब्ध गराउने घोषणा गरेको छ ।
लक्की ड्र मार्फत स्पाका सेवाहरुमा १५ देखि ५० प्रतिशत छुट पाउन सकिने जेन स्पाका सञ्चालक रामदेव महत्तोले जानकारी दिए । उनका अनुसार 'मे फस्ट' अथार्त अन्तर्राष्ट्रिय श्रमिक दिवस का दिन सेवा लिन आउने सबै ग्राहक वर्गलाई कुपन उपलब्ध हुन्छ । कुपनमा उल्लेख गरिए बमोजिम १५ देखि ५० प्रतिशत सम्मको छुट पाउने छन् ।
वार्षिकोत्सवको दिन सेवा लिन आउने हरेक ग्राहकलाई आयुर्वेदिक डाक्टरहरू बाट आहार र डिटोक्स (शुद्धीकरण) सल्लाहको साथ जीवनशैली परिवर्तन सम्बन्धी निःशुल्क परामर्श प्रदान गरिने उनले बताए ।
जेन स्पा सन् २००९ मे फस्ट अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन सञ्चालनमा आएको थियो । जेन स्पा स्वदेशी तथा विदेशी ग्राहकको सबैभन्दा बढी खोजीमा पर्ने गरेको छ ।
स्पा सेवा २५ औ वर्षदेखि उपचारको क्षेत्रमा काम गरिरहेका प्राविधिकद्वारा सुरु गरिएको हो। यहाँ प्राकृतिक चिकित्सा , आयुर्वेद चिकित्सा , चाइनिज चिकित्सा का उपचार तथा परामर्श सेवाहरू उपलब्ध छन् ।
यहाँ आउने ग्राहकहरू तनावरहीत, सुखद र आनन्द महसुस गरेर जाने गरेको महत्तोले बताए । हाल स्पामा उपलब्ध सुविधाहरूले शरीरका सबै अवयवलाई एकसाथ आराम र आनन्दित पार्नुको साथै मानसिक रुपमा समेत स्फूर्ति दिने हुँदा स्पाको महत्व बढ्दै गएको छ ।
स्पाका अर्का डा. विजयकुमार कुशवाहाले आयुर्वेदिकको पञ्चकर्म सेवा उपलब्ध रहेको जानकारी दिए । आयुर्वेदिक चिकित्सकले बिरामीलाई परामर्श गरी सेवा दिइरहेको उनको भनाइ छ । बिरामीको समस्या पत्ता लगाएर उपचारविधि अगाडि बढाइने उनले जानकारी दिए ।
उनका अनुसार शिरोधारा, बस्ती, नश्य जस्ता उपचार विधि अपनाइन्छ । सौन्दर्यताका लागि फेसियल, मेडिकेयर, पेडिकेयर, स्टिम, साउना र वाक्सिङ जस्ता सुविधा उपलब्ध गराइएको छ ।
व्यक्तिगत उपचारका लागि अकुपञ्चर, थाइ योगा र थेरापी समेत उपलब्ध गराउने गरिएको डा. कुशवाहाले जानकारी दिए । धेरै ग्राहकहरू जेन स्पामा मात्र ट्रिटमेन्ट पाइने भनेर आउने गरेको उनले प्रतिक्रिया दिए ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया