भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालका पाँच दललाई निमन्त्रणा, को को जाँदैछन् ?

काठमाडौं - भारतमा जारी लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो चुनावी अभियान अवलोकन गराउन नेपालसहित विभिन्न देशका १८ राजनीतिक पार्टीलाई निमन्त्रणा गरको छ ।
भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत विश्वका विभिन्न दलका प्रतिनिधिहरुलाई निमन्त्रणा गरेको भाजपाका विदेश विभाग इन्चार्ज डा.बिजय चौथाइवालेले जनाएका छन् ।
नेपालबाट यस कार्यक्रमका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्ता गरिएको छ ।
नेपालबाट कांग्रेसका उदय शमशेर राणा, माओवादीका मातृका यादव, एमालेका विष्णु रिमाल, रास्वपाका शिशिर खनाल र जनमतका जयकान्त राउतले प्रतिनिधित्व गर्दै छन् ।
यसक्रममा उनीहरुले भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि अन्तरक्रिया गर्ने भाजपाले जनाएको छ ।
उनीहरुलाई बिजेपीको चुनावी अभियान र उसको रणनीतिसहित समग्र चुनावी प्रक्रियाबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको चौथाइवालेले जनाएका छन् ।
यस क्रममा उनीहरुलाई विभिन्न राज्यमा भइरहेका चुनावी अभियानमा समेत अवलोकन गराइने छ ।

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान

इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुन खानीमा पहिरो : ६ जनाको मृत्यु, १४ बे…
चीनसँग डेनमार्कको ‘खुला’ छलफल

प्रतिक्रिया