जेन स्पाको १५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौँ- ठमेलस्थित जेन स्पाले आफ्ना ग्राहकलाई विभिन्न आकर्षक छुटसहित १५औं वार्षिकोत्सव मनाएको छ । मे १ को अवसर पारेर स्पाले वार्षिकोत्सवमा ग्राहकहरुलाई आयुर्वेदिक जीवनशैली परामर्श, निःशुल्क अकुपञ्चर सेवा तथा स्पाका विभिन्न सेवाहरूमा आकर्षक छुट गराएर वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवमा स्पा संघका पूर्व अध्यक्ष शुभलाल थिङ र जेन स्पाका संस्थापक अध्यक्ष निर श्रेष्ठले एकसाथ उद्घाटन गरेका थिए । वार्षिकोत्सवमा लक्की ड्र मार्फत स्पाका सेवाहरूमा १५ देखि शत प्रतिशत छुट दिएर मनाइएको जेन स्पाका सञ्चालक रामदेव महत्तोले जानकारी दिए ।
उनका अनुसार मे फस्ट अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन सेवा लिन आउने सबै ग्राहकलाई कुपन उपलब्ध गराएर छुट दिएको थियो । कुपनमा उल्लेख गरिए बमोजिम १५ देखि शत प्रतिशत सम्म छुट पाएका थिए ।
वार्षिकोत्सवको दिन सेवा लिन आउने हरेक ग्राहकलाई आयुर्वेदिक डाक्टरहरू बाट आहार र डिटोक्स (शुद्धीकरण) सल्लाहको साथ जीवनशैली परिवर्तन सम्बन्धी निःशुल्क परामर्श प्रदान गरिएको थियो ।
ठमेलमा अवस्थित जेन स्पा सन् २००९ मे फस्ट अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन सञ्चालनमा आएको थियो । जेन स्पा स्वदेशी तथा विदेशी ग्राहकको सबैभन्दा बढी खोजीमा पर्ने गरेको छ ।
स्पा सेवा २५ औ वर्षदेखि उपचारको क्षेत्रमा काम गरिरहेका प्राविधिकद्वारा सुरु गरिएको हो । यहाँ प्राकृतिक चिकित्सा, आयुर्वेद चिकित्सा, चाइनिज चिकित्साका उपचार तथा परामर्श सेवाहरू उपलब्ध छन् ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया