विश्वकप खेल्नका लागि अहिलेको टिम बेस्ट छ : कप्तान पौडेल

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप खेल्नका लागि अहिलेको टिम बेस्ट १५ रहेको बताएका छन् ।
बिहीबार वेस्ट इन्डिज 'ए' सँगको चौथो खेलपछिको पोस्ट म्याचमा उनले अहिलेको अवस्थामा विश्वकप खेल्ने नेपालको टिम बेस्ट १५ रहेको बताएका हुन् ।
बिहीबारको खेलमा खेलाइएको ११ खेलाडीहरूमा ब्याटिङ र बलिङमा कमजोरी देखिएकाले यसलाई गर्दै अघि बढ्ने उनले बताए । त्यस्तै उनले मिडिल ओभरमा नेपाली टिममा पार्टनरसीपको कमी देखिएको बताए ।
बिहीबार पराजित भएपछि वेस्ट इन्डिज 'ए' ले उपाधि कब्जा गरेको थियो । पावर प्लेमा अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली दबाबमा परेको र सही समयमा सही निर्णय लिन नसक्दा नतिजा अर्को पक्षमा गएको कप्तान पौडेलले बताए ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया