सुकुम्वासीको टहरा भत्काउने नभई आवास बनाउने अभियान सञ्चालन गर्नुपर्छ : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासीहरूलाई उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा भूमि अधिकार तथा श्रमिक संगठन नेपालले आयोजना गरेको व्यापार महोत्सव उद्घाटन गर्दै ओलीले सुकुम्वासीहरूलाई जबरजस्ती उठीबास लगाउने भन्दै पनि सबै तहका सरकार मिलेर उनीहरूको उचित व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।
उनले सुकुम्वासीको टहरा भत्काउने नभई आवास बनाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । एमाले सरकारमा रहँदा सुकुम्वासीसम्बन्धी समस्या समाधान गर्न आयोग बनाएर समस्या समाधान गर्ने विन्दुमा पुग्दा सरकार ढालेको भन्दै उनले अहिले सरकारमा आएर समस्या समाधान गर्न खोज्दा कर्मचारीतन्त्र र न्यायपालिका बाधक बन्न खोजेको जिकिर गरे ।
ओलीले अहिले जनताको काम गर्न एमाले सरकारमा गएकाले जनताको समस्या समाधानका ध्यान केन्द्रित गर्ने जिकिर गरे ।

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया