राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक रहेको बताएका छन् ।
शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महतले कांग्रेसका कारण मुलुकमा अस्थिरता नभएको भन्दै जसले अस्थिरता निम्ताएको भए पनि यो नेपालको लोकतान्त्रिक आन्दोलन र विकासका लागि घातक रहेको बताएका हुन् ।
उनले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृत्तिलाई निस्तेज बनाउनुपर्ने धारणा राखे । अविश्वासको जगमा बनेको वर्तमान सरकार अविश्वासकै कारणले चाँडै टुङ्गिने उनले बताए । उनले चाँडै विकास र स्थिरताप्रति समर्थित सरकार आउने दाबी गरे । महतले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने धारणा राखे ।
प्रवक्ता महतले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्ने धारणा राखे ।

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया