आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी

काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको छ । गएराति भएको खेलमा लिभरपुलले टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहमद सलाह, आड्रेउ रोबेर्टसन, कोडी गाक्पो र हार्भी एल्लीओटले एक एक गोल गरेका थिए । त्यसैगरी टोटनह्यामका लागि रिचार्लिसन र सन हेंग मिनले एक-एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको ३६ खेलमा ७८ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी टोटनह्यामको भने ३५ खेलमा ६० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।