व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुँदैनौँ : महेश बर्तौला

काठमाडौँ- नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू तयार रहेको बताएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलले उठाएको कुराको सम्बोधन गरेर समग्र सहकारी ठगीको छानबिन गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
बर्तौलाले व्यक्ति तोकेर छानबिन गर्नुपर्छ भन्ने कांग्रेसको अडान कायम रहेमा आफूहरूको समर्थन नरहने बताए । उनले व्यक्तिमाथि छानबिन गर्न माग गरिरहँदा समग्र सहकारी ठगीको छानबिन प्रभावित हुन नहुने बताउँदै अगाडि बढ्नुपर्ने जिकिर गरे । बर्तौलाले कांग्रेसले समग्र सहकारी ठगीको छानबिनको माग उठाएको हो वा व्यक्ति केन्द्रित छानबिन गर्न भनेको हो भन्ने स्पष्ट हुनुपर्ने भनाइ राखे ।
यसअघि सत्ता समीकरणमा रहेको माओवादी केन्द्र र एमालेबीच समग्र सहकारी ठगीको विषयमा छानबिन गर्ने सहमति भएको बताइएको छ । तर, यो कांग्रेसको मागअनुसार भने नभएको बताइएपछि कांग्रेसले आफ्नो विरोध जारी राख्ने बताएको छ ।
वैशाख २८ गतेदेखि संघीय संसदको बैठक आव्हान गरिएको छ ।

माओवादीको निर्णय : शिक्षक र निजामती विधेयक अघि बढाउन पहल गर्ने, सरकारलाई सं…

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया