एकीकृत समाजवादीको निष्कर्ष : पार्टी विभाजनसम्बन्धी चलेको हल्ला गलत र भ्रामक

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले पार्टी विभाजनसम्बन्धी चलेको हल्ला गलत र भ्रामक रहेको निष्कर्ष निकालेको छ ।
सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा र हल्लाहरू गलत रहेको भन्दै त्यस्ता भ्रमहरूमा नपर्न सबैलाई अनुरोध गरेको छ ।
बैठकमा सबै सांसदहरूको उपस्थिति रहेको र पार्टी संसदीय दल एकताबद्ध रहेको निष्कर्ष रहेको प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए । पार्टीको विवादका बारेमा चलाइएका हल्लाहरू नियोजित रहेको उनले बताए । बैठकमा सांसदहरूले अहिलेको गठबन्धनलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
प्रमुख सचेतक चौधरीले बजेट अधिवेशनसम्म सरकारलाई दिएको समर्थन फिर्ता नहुने र त्यसपछि पुन: बैठक बसेर आवश्यक निर्णय लिइने जिकिर गरे ।
संसदीय दलको बैठकले सरकारले ल्याउने नीति कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरू दिने निर्णय गर्दै आगामी अधिवेशनमा जनसरोकारका विषयहरू सशक्त रूपमा उठाउने र कानुन निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय गरेको चौधरीले बताए ।
उनले अहिलेको अवस्थामा दलहरू विभाजन हुनुले राष्ट्रियतालाई नै कमजोर पार्ने धारणा राखे ।

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया