उत्तरी म्यान्मामा चार लाखभन्दा बढी उत्तेजक ट्याब्लेट बरामद

याङ्गुन- म्यान्माका अधिकारीहरूले उत्तरी म्यान्माको काचिन राज्यमा चार लाख ५४ हजार एक सय उत्तेजक ट्याब्लेट बरामद गरेको केन्द्रीय कमिटी फर ड्रग एब्युज कन्ट्रोल (सिसिडिएसी) ले शुक्रबार एक विज्ञप्तिमा जनाएको छ ।
सूचनाका आधारमा लागुऔषध विरुद्धको प्रहरीले गत मे ६ मा काचिन प्रदेशको मोहनिन नगरपालिकामा एउटा गाडीलाई रोकेर लागुऔषध र तीनवटा मोबाइल बरामद गरेको थियो ।
बरामद लागूऔषधको मूल्य ५८ करोड १० लाख क्याट्स (करिब तीन लाख २४ हजार दुई सय ८५ अमेरिकी डलर) रहेको छ । यस मुद्दामा तीन संदिग्धलाई पक्राउ गरिएको सिसिडिएसीले बताएको छ । उनीहरूलाई मुलुकको लागूऔषध र साइकोट्रोपिक पदार्थ कानुनअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको छ ।

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान

इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुन खानीमा पहिरो : ६ जनाको मृत्यु, १४ बे…
चीनसँग डेनमार्कको ‘खुला’ छलफल

प्रतिक्रिया