स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार

काठमाडौँ - स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली हानिएको छ । गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ ।
घटनास्थलमा उपस्थित पत्रकारहरुका अनुसार धेरै पटक गोली चलेको आवाज सुनिएको थियो । प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ । गोली राजधानीभन्दा करिब २ घण्टाको ड्राइभ टाढा ह्याण्डलोभा भन्ने ठाउँमा भएको सीएनएनले उल्लेख गरेको छ । ह्यान्डलोभामा सरकारी बैठक सकेर बाहिरिदैं गर्दा गोली चलाइएको बताइएको छ ।
स्लोभाकियाकी राष्ट्रपति जुजाना सापुटोभाले यो क्रूर आक्रमणबाट आफू स्तब्ध भएको बताएकी छन् । उनको पछिल्लो अवस्था बारे जानकारी आउन भने बाँकी रहेको छ ।

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान

इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुन खानीमा पहिरो : ६ जनाको मृत्यु, १४ बे…
चीनसँग डेनमार्कको ‘खुला’ छलफल

मङ्गोलियामा करिब सात लाख हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित

प्रतिक्रिया