मोदीविरुद्ध उम्मेदवारी दिएका हास्य कलाकार श्याम रंगीलाको मनोनयन खारेज

काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उम्मेदवारको मनोनयन दर्ता गरेका हास्य तथा मिमिक्री कलाकार श्याम रंगीलाको उम्मेदवार खारेज भएको छ ।
निर्वाचन आयोगले रंगीलाको मनोनयन दर्ताको प्रक्रिया नपुगेको भन्दै उम्मेदवारी दर्ता खारेज गरेको हो । भारतीय मिडियाहरूले उनको उम्मेदवारी अस्वीकृत भएको बताएका छन् ।
उम्मेदवारी खारेज भएपछि श्याम रंगीलाले उम्मेदवारीको क्रममा आफूले शपथ फर्म पूरा नगरेको भन्दै उम्मेदवारी खारेज गरिएको बताएका छन् ।
यद्यपि उनले आफू पहिलो पटक चुनाव लडेको र सम्पूर्ण प्रक्रियाअनुसारका कागजात बुझाएको पनि दाबी गरे । उनको उम्मेदवारी दर्ता गर्ने क्रममा पनि आयोगले सहयोग नगरेको र एक दिनपछि मात्र मनोनयन दर्ताको फर्म बुझेको आरोप लगाएका थिए ।

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान

इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुन खानीमा पहिरो : ६ जनाको मृत्यु, १४ बे…
चीनसँग डेनमार्कको ‘खुला’ छलफल

मङ्गोलियामा करिब सात लाख हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित

प्रतिक्रिया