होन्डाले १० वर्षमा ईभी र सफ्टवेयरको लगानी ६५ बिलियन डलर पुर्याउने
काठमाडौँ- जापानी कम्पनी होन्डा मोटरले सवारीसाधनमा विद्युतीकरण र सफ्टवेयर विकासमा आगामी १० वर्षमा ६५ बिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ ।
निकेइ एसियाले जनाएअनुसार होन्डाले चीनको जस्तै उच्च प्रतिस्पर्धी अटो बजारमा ईभीको द्रुत परिवर्तनमा आफूलाई सामेल गराउने उद्देश्यले सन् २०३१ सम्म ६५ बिलियन अमेरिकी डलर लगानी गर्ने योजना बनाएको हो ।
सन् २०२२ मा होन्डाले ईभी विकासका लागि बनाएको योजनाभन्दा दोब्बर लगानी हुने बताइएको छ । होन्डाले जनाएअनुसार दुई वर्षअघि गरिएको लगानीको निर्णय पर्याप्त नहुने भएको छ ।
होन्डाले सन् २०३० सम्ममा वार्षिक २० लाख विद्युतीय गाडी निर्माण गर्ने लक्ष्य राखेको छ । तीमध्ये उत्तर अमेरिका र चीनका लागि समान ७ लाख ५० हजार तथा अन्य स्थानका ५ लाख गाडी निर्माण गर्ने लक्ष्य लिएको छ ।

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान

इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुन खानीमा पहिरो : ६ जनाको मृत्यु, १४ बे…
चीनसँग डेनमार्कको ‘खुला’ छलफल

मङ्गोलियामा करिब सात लाख हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित

प्रतिक्रिया