‘दान्भी’को गीतमा पूजा र कुन्साङको रोमान्स

काठमाडौँ - आगामी असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’ सार्वजनिक गरिएको छ । सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रदिप प्रखर पोखरेलको शब्द रचना छ ।
गीतमा फिल्मकी मुख्य अभिनेत्री पूजा शर्मा र डेब्यु अभिनेता कुन्साङ बोमजनको रोमान्स देखाइएको छ ।
रुपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । देव मगर र अनुप गडाल निर्माता हुन् । सह-निर्माताहरुमा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल छन् । सन्जोग कुवँर रानाको पटकथा/संवाद तथा रविना थापा मगरको कथा रहेको फिल्ममा हरिप्रसाद घलेको डीओपी र बन्दे प्रसादको सम्पादन छ ।
पूजाले ‘दान्भी’ मा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत भएकी छन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशक र कविराज गहतराज तथा रामजी लामिछानेको कोरियोग्राफी छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया