‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

काठमाडौँ- मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र अमेरिकी नागरिक केन्नथ पार्करले ‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ शीर्षकको चित्र पुस्तक प्रकाशनमा ल्याएका छन् ।
जर्मनीको हिरमरले प्रकाशन गरेको उक्त पुस्तक आज ठमेलको बज्र बुक्समा सार्वजनिक गरियो । मुस्ताङमा २० वर्ष बस्दा लुइगीले बसेर प्रत्यक्ष अवलोकन तथा अध्ययन गरी त्यहाँका गुम्बाभित्रका चित्रकला र ल्याण्डस्केप पुस्तकमा समावेश गरिएको जानकारी दिए ।
पुस्तक सार्वजनिक गर्दै उनले पाठकमाझ मुस्ताङमा बिताएका समय स्मरण गरे । 'नेपालमा धेरै सुन्दर स्थान छन्,' उनले भने, 'तर मलाई मुस्ताङको सौन्दर्यले बढी आकर्षित गर्यो । पुस्तकमा मुस्ताङको धर्म, संस्कृति, परम्परा र त्यहाँको जनजीवन झल्किने तस्बिर समावेश गरिएको उनको भनाइ छ ।
बज्र बुक्सका प्रमुख विदुर डङ्गोलले मुस्ताङलाई विश्वमा चिनाउन पुस्तक सहयोगी बन्नसक्ने धारणा राखे । पहिलो चरणमा तीन हजारप्रति बजारमा आएको पुस्तकको मूल्य रु १२ हजार तोकिएको छ ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया