सहकारी प्रकरण : कार्यदलको बैठक सकियो, के-के भयो छलफल ?

काठमाडौँ- सहकारी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सकिएको छ । आज बिहान कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठक सकिएको हो ।
संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे कार्यदलमा सहमति जुटेको छ ।
बैठकमा कुनै सहमति नभएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । 'कसरी समाधान गर्ने भन्ने सहमति भयो' बर्तौलाले भने 'बिषयमा प्रवेश गर्यौँ तर निष्कर्षमा पुगिएन् ।'
आजको संसद् चल्ने बर्तौलाले बताए । तर बैठकपछि नेपाली कांग्रेसका जीवन परियारले भने यो नटुंगी संसद् नचल्ने बताए ।
आजै कार्यदलको अर्को बैठक बस्दैछ ।
एमालेका नेतासमेत रहेका कानुनमन्त्री पदम गिरीको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको छ । जसको सदस्यहरूमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका सांसद शिशिर खनाल छन् ।

कोशी प्रदेशमा माओवादीको जनसंगीत अभियान
आज लोकतन्त्र दिवस

‘पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार’

राष्ट्रपति कार्यालयले गरायो मन्त्रीपरिषद हेरफेरको जानकारी

श्रममन्त्री भण्डारीद्वारा युएईमा नेपाली श्रमिकको दीर्घकालीन हितका विषयमा प्रस्ताव

तीनकुने घटनामा मृत्यु भएका परिवारलाई जनही १० लाख उपलब्ध गराउने

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, शपथ भोली

प्रतिक्रिया