रिट लिएर सर्वोच्च पुगे सिरोहिया

काठमाडौँ- कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएपछि रिट दायर गर्न उनी सर्वोच्च अदालत पुगेका छन्। मंगलबार जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले उनीविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएका थिए।
सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै जाहेरी परेपछि धनुषा प्रहरीले उनीविरूद्ध पुर्जी माग गरेको थियो।
उनले जिल्ला अदालत धनुषाको पक्राउ पुर्जी बदर गरीपाउँ भनेर रिट ल्याएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। उनले भने,' हामीले अध्ययन गर्दैछौ । यसको अध्ययन गरेर भोलि थाहा हुन्छ । भोलि दर्ता हुने वा नहुने विषयमा ।'
र, यो पनि
- कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
- सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि पटक पटक हस्तक्षेप भयो : कैलाश सिरोहिया

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया