समाज

कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

इकागज |
जेठ ८, २०८१ मंगलबार १३:८ बजे

फाइल तस्बिर

काठमाडौँ - कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको जिल्ला अदालत धनुषा स्रोतले जानकारी दिएको छ ।

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो ।  १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।


सिरोहिया अध्यक्ष रहेको कान्तिपुर दैनिकले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी र त्यसमा उनको संलग्नताबारे शृंखलाबद्ध रूपमा समाचार छापिरहेको छ।


Author

थप समाचार
x