सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण : पत्रकार महासंघ

काठमाडौँ- कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालय परिसरबाटै पक्राउ गरिएको घटनालाई महासंघले गम्भीरतापूर्वक लिएको जनाएको छ ।
महासंघ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर भएको उल्लेख छ ।
कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले नस्वीकार्ने महासचिव पुरीले बताए ।
यो घटनाबाट कुनै पनि प्रकारको प्रभावमा नपर्न तथा सत्यतथ्य समाचार प्रकाशन गर्ने कामबाट विचलित नभई अगाडि बढ्न कान्तिपुरको सम्पादकीय नेतृत्वसँग महासंघ साथमा रहेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ,' महासंघले भनेको छ ।
र, यो पनि
- कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
- सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि पटक पटक हस्तक्षेप भयो : कैलाश सिरोहिया
- रिट लिएर सर्वोच्च पुगे सिरोहिया
- सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरको कार्यालयमा पुग्यो
- सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम : सिके राउत
- कान्तिपुर कार्यालयबाट अध्यक्ष कैलाश सिरोहिया पक्राउ
- पक्राउपछि सिरोहियाले भने- गृहमन्त्रीले प्रतिशोध साँधेर पक्राउ गरे

कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल

चितवनको इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर

लहानमा श्रमिक महिलाका लागि भवन निर्माण सुरू

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

फर्निचर उद्योगमा आगलागी

साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्- ‘डाक्…

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

प्रतिक्रिया