सिप सिकाउन सके विदेश जाने लहर रोक्न सकिन्छ : मन्त्री अर्याल

काठमाडौँ - श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्यालले काठमाडौं महानगरले आयोजना गरेको सिप मेला उदाहरणीय काम भएको बताएका छन् ।
बुधबार काठमाडौंमा महानगरले आयोजना गरेको सिप मेलाको अवलोकन गर्दै मन्त्री अर्यालले स्वदेशमा नै रोजगारी सिर्जना गर्नका लागि आयोजना गरिएको मेला उदाहरणीय काम भएको बताएका हुन् ।
उनले देशभरका सबै पालिकामा स्थानीय आवश्यकता अनुसार सिप सिकाउन सके विदेश जाने लहर रोक्न सकिने धारणा राखे । यस्ता सिप मेलाले रोजगारीको खोजीमा रहेका नागरिकलाई रोजगारदातासमक्ष सहजरुपमा पुग्न सहज हुने विश्वास व्यक्त गरे ।
उनले सरकारले आयोजना गर्न लागेको श्रमाधान रोजगार मेलाले रोजगारीको खोजी गरी रहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्थाको पुलको काम गर्ने बताए ।

अहिले राजा ल्याउनु हुँदैन : नारायणमान बिजुक्छे

भूमिसम्बन्धी समस्याको समाधान र व्यवस्थित गर्नु वर्तमानको आवश्यकताः सांसद गैरे

तिल गाउँका बासिन्दाहरुको उद्धार गर्न सांसद भोटेको माग

ग्यास सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भयो, सरकारले निगरानी गरोस् : सांसद को…

गोपनियतासँग जोडिएका सूचनाहरु दिन जरुरी छैनः गृहमन्त्री लेखक

संसद् छलेर देउवासँग छलफलमा व्यस्त प्रधानमन्त्री ओली

युरोपेली संघको कूटनीतिक टोली काठमाडौँमा

प्रतिक्रिया