सिंगापुर एयरलाइन्स 'टर्बुलेन्स' : एकको मृत्यु, ३० जना घाइते

काठमाडौँ- लण्डनबाट सिंगापुरका लागि उडेको सिंगापुर एयरलाइन्सको विमानमा भयानक 'टर्बुलेन्स' (हावाको तीब्र झट्का) हुँदा एक यात्रुको मृत्यु भएको छ ।
मे २० मा सिंगापुर एयरलाइन्स (SIA)को उडान बोइङ ७७७-३०० इआर विमान लन्डन (हिथ्रो)बाट सिंगापुर उडानको क्रममा टर्बुलेन्स हुँदा ७३ वर्षीय बेलायती यात्रु जेफ्री किचनको मृत्यु भएको हो । उनलाई उडानकै क्रममा हृदयघात भएको थियो । त्यस्तै अन्य ३० जना घाइते भएको सीएनएनले जनाएको छ । घाइतेहरूको बैंकक अस्पतालमा उपचार भइरहेको छ ।
लण्डनबाट सिंगापुर उडेको करिब १० घण्टापछि ३७ हजार फिटको उचाइमा रहेको विमानको इरावदी बेसिनमा अचानक गम्भीर टर्बुलेन्स भयो र पाइलटले मेडिकल इमर्जेन्सी घोषणा गरेका थिए । त्यसपछि विमान बैंककमा आपतकालीन ल्या०्डिङ गरिएको थियो ।
घटनाको अनुसन्धानमा एयरलाइन्सले सम्बन्धित निकायलाई पूर्ण सहयोग गरिरहेको एसआईएका प्रमुख कार्यकारी अधिकृत गोह चुन फङले बताए ।
विमानमा २११ यात्रु र १८ चालक दलका सदस्यमध्ये तीन भारतीय, अष्ट्रेलियाका ५६, क्यानडाका २, जर्मनीका १, भारतका ३, इन्डोनेसियाका २, आइसल्याण्डका १, आयरल्यान्डका ४, इजरायलका १, मलेसियाका १६, म्यानमारका २ र न्यूयोर्कका २३ जना रहेका थिए ।
त्यस्तै विमानमा फिलिपिन्सका २३, जिल्याण्डका ५, सिंगापुरका ४१, दक्षिण कोरियाका १, स्पेनका २, बेलायतका ४७ र अमेरिकाका ४ जना यात्रु रहेका थिए ।

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया