आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

मुख्य प्रशिक्षक एमरी थप पाँच वर्ष एस्टन भिल्लामै रहने

काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाका मुख्य प्रशिक्षक उनाई एमरीले क्लबसँग पाँच वर्षको नयाँ सम्झौता गरेका छन् ।

एस्टन भिल्लालाई अर्को सिजनको च्याम्पियन्स लिगमा पुर्‍याउन सफल भएपछि एमरीले क्लबसँग पाँच वर्षको नयाँ सम्झौता गरेको बीबीसीले जनाएको हो ।

५२ वर्षीय स्पेनिस पूर्व फुटबलर एमरी सन् २०२२ को अक्टोबरमा भिल्लारियलबाट प्रिमियर लिग क्लब एस्टन भिल्लामा आआएका थिए ।

उनी क्लबमा आबद्ध हुँदा प्रिमियर लिगको १७ औँ स्थानमा थियो । त्यसपछि एमरीले क्लबलाई सातौँ स्थानमा पुर्‍याएका थिए । यस सिजनमा भने क्लबलाई चौथो स्थानमा उभ्याउन सफल भएका छन् ।