सरकारले पूर्वपश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोरका रुपमा विकास गर्ने
काठमाडौँ- सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गर्ने योजना बनाएको छ ।
अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसद्का दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
मन्त्री पुनले सार्वजनिक निकायले नेपाली गलैँचा खरिद गर्नुपर्ने व्यवस्था मिलाइने बताए ।
प्रदेश तथा स्थानीय तहको सहकार्यमा रुकुम र सल्यानको शारदा नदी आसपासका क्षेत्रलाई कृषि करिडोर, जुम्लाको हिमा नदी र तिला नदी आसपासका क्षेत्रलाई मार्सी धान करिडोर, बाराको कोल्वीदेखि सिम्रौनगढ सडक आसापासका क्षेत्रलाई माछा करिडोरका रुपमा विकास गरिने बजेटमा उल्लेख छ ।

सुनको मूल्य घट्यो

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

बेजोड स्टाइल र अद्वितीय फिचरले भरिएको दिपल इभिमा अब ‘छुटाउनै नमिल्ने’ प्रि–ब…

क्रसर व्यवसायीहरूद्वारा आन्दोलनको चेतावनी, सरकारले माग नसुनेको गुनासो

सुनको मूल्य बढ्यो
'प्रोजेक्ट बैंक’मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौती

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया