गुण्डागर्दी गरेको आरोपमा कलंकीबाट दुई जना पक्राउ

काठमाडौँ- कलंकीमा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीको टोलीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
कलंकी बस्ने २६ वर्षीय सुजन कार्की र ३० वर्षीय अभिषेक सिंह रहेको उनले जानकारी दिए ।
कलंकी क्षेत्रमा उनीहरूको समूहले गुण्डागर्दी गरी स्थानीयमाथि गालीगलौज तथा विभिन्न किसिमका धाक धम्की देखाउने, हातपात गरेको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध गुण्डागर्दी गरेको भन्दै कालिमाटी वृत्तमा जाहेरी परेको थियो ।
उक्त जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूले समूहमा बसेर गुण्डागर्दी गर्ने र रकम समेत असुली गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
उनीहरूले पाँच छ जनाको समूह बनाई कलंकी एरियामा विभिन्न सर्वसाधारणहरूलाई धाकधम्की दिई डर त्रास देखाई त्रसित बनाई रकम असुली गर्ने गरेका थिए ।
पक्राउ परेका अभिषेक सिंह बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको खुलेको छ । प्रहरीले पीडितहरूलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेको जनाएको छ । उनीहरूलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

डढेलोले एक सय हेक्टर वन नष्ट

फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत

नेपाल प्रहरीका पुर्व आईजीपी राणाको निधन

‘बाँकेको पाँच स्थानीय तहमा दमकल छैनन्’

वैशाख २ गते सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने

आजको मौसमः तुवाँलाे घटदै, काेशी र गण्डकीमा बर्षा हुने

प्रतिक्रिया