यौन उत्पीडनको आरोप लागेका भारतका जेडीएस नेता रेवन्ना पक्राउ

काठमाडौँ- सयौं महिलालाई यौन उत्पीडन गरेको आरोप लागेका भारतका जेडीएस नेता प्रज्ज्वल रेवन्ना पक्राउ परेका छन् ।
जर्मनीबाट फर्किएर भारत आउँदै गरेका रेवन्नालाई बैंगलोर विमानस्थलमा विशेष अनुसन्धान टोली (एसआईटी)ले पक्राउ गरेको हो । उनलाई आज अदालतमा पेश गरिने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
प्रज्जवल रेवन्ना सेक्स भिडियो काण्डका मुख्य अभियुक्त हुन् । एसआईटीले प्रज्ज्वललाई विमानमा चढ्ने क्रममा निगरानी गर्न एयरलाइन्स र अधिकारीहरूसँग पहिले नै समन्वय गरिसकेको थियो ।
यौन उत्पीडनको आरोपमा परेका प्रज्वलले यसअघि नै भिडियो सन्देश जारी गर्दै मे ३१ मा भारत फर्कने घोषणा गरेका थिए । त्यसपछि एसआईटी बैंगलोर अन्तर्राष्ट्रिय विमानस्थलमा रेवन्नालाई पक्राउ गर्न तयार थियो । हालै इन्टरपोलले रेभान्नाविरुद्ध ब्लु कर्नर नोटिस जारी गरेको थियो ।
यसअघि बिहीबार कैयौं महिलामाथि यौन शोषणको आरोप लागेका जनता दल (धर्मनिरपेक्ष)का निलम्बित नेता प्रज्ज्वल रेवन्नाविरुद्ध सयौंले प्रदर्शन गर्दै पीडितलाई न्यायको माग गरेका थिए । कार्यक्रममा प्रदेशभरका महिला, मजदुर, किसान र दलितको सहभागिता थियो ।
हसन लस सीटबाट लोकसभामा एनडीए उम्मेदवार समेत रहेका रेवन्ना आरोपलगत्तै विदेश फरार भएका थिए । उनीविरुद्ध हालसम्म दुईवटा यौन शोषणको मुद्दा दर्ता भइसकेको छ । यसैबीच रेवन्नाका वकिलले बलात्कार मुद्दामा विशेष अदालतमा अग्रिम धरौटीका लागि निवेदन दिएका थिए, जुन खारेज भएको थियो ।

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया