चीनले केही उड्डयन र अन्तरिक्ष कम्पोनेन्टको निर्यातमा प्रतिबन्ध लगाउने
काठमाडौँ- चीनले जुलाई १ देखि केही उड्डयन र अन्तरिक्ष कम्पोनेन्टहरूको निर्यातमा नियन्त्रण गर्ने निर्णय गरेको छ ।
देशको राष्ट्रिय सुरक्षा र हितको रक्षा गर्न आवश्यक रहेको उल्लेख गर्दै चीनको वाणिज्य मन्त्रालयले उक्त निर्णय गरेको सीएनएनले जनाएको हो ।
चीनको भन्सार प्रशासन र केन्द्रीय सैन्य आयोगले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार एयरोस्पेस संरचनात्मक 'कम्पोनेन्ट' हरू साथै इन्जिन निर्माणमा प्रयोग हुने उपकरण र सफ्टवेयरलगायत वस्तुहरू निर्यात गर्न चाहनेहरूले निर्यात इजाजतपत्रको लागि आवेदन दिनुपर्नेछ ।
सूचीमा ग्यास टर्बाइन इन्जिनहरू, स्पेस सुट पार्ट्स निर्माणका लागि मोल्डहरू, साथै तिनीहरूलाई बनाउन प्रयोग गरिने उपकरण र सफ्टवेयर, र बुलेटप्रुफ कपडाहरूमा प्रयोग हुने उन्नत पोलिमरहरू पनि समावेश गरिएको जनाइएको छ ।
निर्यातकर्ताहरूले निर्यात इजाजतपत्रको लागि चीनको वाणिज्य मन्त्रालयमा आवेदन दिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया