कस्तो छ आजको तपाईंको राशिफल ?

काठमाडौँ - आज मिति २०८१ साल जेठ १९ गते शनिबार तदअनुसार जुन १ तारिख,उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको नवमी तिथि
आजकाे राशिफल
मेष
टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । साथीभाइसंग मन प्रसन्न रहनेछ ।
वृष
व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।
मिथुन
स्वास्थ्यमा सुधार आउनेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।
कर्कट
रोकिएका अधुरा कामहरू सुचारु हुनेछन् । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । लामो समयपछि साथीभाइसंग भेट हुँदा मन प्रसन्न रहनेछ ।
सिंह
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।
कन्या
सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आफन्तको सहयोगले महत्वपूर्ण कामहरू सफल हुनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
तुला
सोचेको आटेको कामहरू बन्नेछन् । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।
वृश्चिक
सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।
धनु
नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ ।
मकर
परोपकारी काममा रुचि बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाइसंग रमाइलोमा समय बित्नेछ ।
कुम्भ
सहयोगीहरूले काममा साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।
मीन
साथीभाइसंग भेट हुँदा मन प्रसन्न रहनेछ । व्यवसाय व्यवसायमा प्रशस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

ढुङ्गाले लागेर एक्साभेटर चालकको मृत्यु

बालेनले भनेः महानगर कसैले फोहोर गर्छ भनेर जरिवाना तिराउन महानगर बस्दैन, सा…

सर्लाहीको महादेव मन्दिरमा चैते दशैंको मेलामा अष्टजाम पुजा सम्पन्न

हत्या गरी साधुको भेषमा लुकी हिड्ने लोकनाथ १७ वर्षपछि पक्राउ

तीनकुने घटनामा ज्यान गुमाउने परिवारलाई भेट्दै मेयर बालेनले भने- निष्पक्ष छा…

राती अबेरसम्म निन्द्रा लागेन ? खानुहोस् यी ४ खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया