टेस्ट राष्ट्रलाई हराएर हामी पनि सक्षम छौं भन्ने सन्देश दिन चाहन्छौं- कप्तान रोहित

काठमाडौँ - नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भएको टिप्पणी गरेका छन् ।
शनिबार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रोहितले विश्वकपमा टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सबै किसिमबाट सक्षम टिम हो भन्ने सन्देश चाहेको बताए ।
उनले करिब २५ दिनेदेखि नेपाली टोलीले वेस्टइण्डिज र अमेरिकामा अभ्यास गरिरहेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयार रहेको जनाए ।
उनले राम्रो खेलेर समर्थकहरूलाई उपहार दिने बताउँदै भने- ‘विश्वकपका लागि एकदमै एक्साइटेड छौँ। २५ दिनदेखि बाहिर नै छौं । विश्वकप नजिकिँदै गर्दा एक्साइटेड झनै बढिरहेको छ। अभ्यास गरिरहेका छाैँ। सबै जना साथमा हुनुहुन्छ। बेस्ट क्रिकेट खेलेर हामी खुशी दिनेछौं । नेपाललाई अमेरिकामा सपोर्ट छ। राम्रो खेलेर हामी सबैको नजर तान्नेछौँ । टेस्ट मान्यताप्राप्त टिमलाई हराएर हामी पनि सक्षम छौं भन्ने सन्देश दिनुपर्छ।’
आइतबार देखि शुरु हुने टि-२० विश्वकपमा नेपालले भने आफ्नो पहिलो खेल जुन ४ मा नेदरल्याण्डविरुद्ध खेल्दै छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया