किसानविरुद्ध बोलेको भन्दै अभिनेत्री कंगनालाई थप्पड

काठमाडौँ- बलिवुड अभिनेत्री कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हानेकी छन् ।
कंगना रनौतले यस विषयमा गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेकी छन् । कंगनालाई थप्पड हान्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ । चुनाव जितेपछि कंगना रनौत बीजेपीको बैठकमा सहभागी हुन विस्तारा एयरलाइन्सको उडानमा दिल्ली प्रस्थान गर्ने क्रममा यो घटना भएको बताइएको छ ।
यो घटना बिहीबार दिउँसो भएको हो । कंगना एयरपोर्ट सेक्युरिटी चेकबाट निस्कँदै गर्दा महिला सिपाहीले उनको हात उचालेकी थिइन् । यस विषयमा कंगनाले उजुरी पनि दर्ता गराएकी छन् । किसान आन्दोलनको विषयमा कंगनाले दिएको बयानका कारण सीआईएसएफ जवानले थप्पड हानेको रिपोर्टमा बताइएको छ । कंगनालाई थप्पड हानेकी कुलविन्दरलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
कंगनाले हालै सम्पन्न लोकसभा चुनाव हिमाचल प्रदेशको मण्डीबाट भाजपाको तर्फबाट चुनाव जितेकी छन् ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया