दोस्रो विश्वयुद्धपछि कुनै पनि समयको तुलनामा लोकतन्त्र ‘धेरै जोखिममा’ छ : बाइडन

कोलेभिल–सुर–मेर (फ्रान्स)- दोस्रो विश्वयुद्धको डि–डे अवतरणको अवसरमा बिहीबार आयोजित समारोहमा अमेरिकी राष्ट्रपति जो बाइडनले पछिल्लो आठ दशकमा कुनै पनि समयको तुलनामा अहिले लोकतन्त्र धेरै जोखिममा रहेको बएका छन् ।
“दोस्रो विश्वयुद्धको समाप्तिपछि कुनै पनि समयको तुलनामा विश्वभरमा लोकतन्त्र धेरै खतरामा रहेको समयमा हामी बाँचिरहेका छौँ”, फ्रान्सेली सहर कोलेभिल–सुर–मेरमा उनले भने, “पृथकतावाद ८० वर्षअघि जवाफ थिएन र अहिले पनि यसको जवाफ छैन ।”
सन् १९४४ जुनमा नर्मन्डी समुद्री तटहरूमा लड्ने अमेरिका र अन्य मित्र देशहरूका सैनिकहरूलाई श्रद्धाञ्जलि दिँदै बाइडनले ‘बलियो गठबन्धन’ महत्त्वपूर्ण रहेको बताए ।
“मित्र राष्ट्रहरूले ८० वर्षअघि मिलेर जे गरे त्यो हामीले आफैँले गर्नसक्ने भन्दा धेरै थियो”, बाइडनले भने, “कसरी गठबन्धन– वास्तविक गठबन्धनले हामीलाई बलियो बनाउँछ भन्ने एउटा सशक्त दृष्टान्त थियो, यो एउटा यस्तो पाठ हो जसलाई हामी अमेरिकीहरूले कहिल्यै भुल्नुहुँदैन भनेर म प्रार्थना गर्दछु ।”
राष्ट्रपति बाइडनले दुई वर्षभन्दा धेरै समयदेखि आक्रमणकारी रुसी सेनासँग लडिरहेको युक्रेनलाई अमेरिकाले एक्लै नछाड्ने बताए । “हामी टाढा जाने छैनौँ किनकि हामीले यस्तो गर्यौँ भने युक्रेन अधीनमा हुनेछ र यो त्यहाँ समाप्त हुनेछैन”, उनले भने ।
“युक्रेनको छिमेकीहरूलाई धम्की दिइनेछ र सम्पूर्ण युरोपलाई धम्की दिइनेछ” भन्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बाइडनले ‘आधिपत्यका लागि झुकेको तानाशाह’ भने ।
उनले ‘संसारको इतिहासमा सबैभन्दा महान सैन्य गठबन्धन’ का रूपमा नाटोको प्रशंसा गरे । बाइडनले पुटिनलाई परोक्ष सन्देशमा भने, “नाटो पहिलाभन्दा धेरै एकजुट छ र शान्ति कायम राख्न अझै बढी तयार छ ।”(एएफपी)

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया