मोदीको पहिलो निर्णय : किसानलाई २० हजार करोड दिने

काठमाडौँ- आइतबार प्रधानमन्त्रीको सपथ लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान आफ्नो तेस्रो कार्यकाल सम्हालेका छन् ।
साउथ ब्लकस्थित आफ्नो कार्यालय पुगेर मोदीले आफ्नो तेस्रो कार्यकालको सुरुवातमा किसानका लागि दिने किसान निधी अन्तर्गतको रकम दिने निर्णयमा हस्ताक्षर गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
मोदीले किसान निधिको २० हजार करोड रुपैयाँ भारतका ९.३ करोड किसानलाई वितरण गर्ने निर्णय गरेका छन् । मोदी सरकारको तेस्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठक पनि आज बस्दैछ । सरकारले मन्त्रिपरिषद् बैठकमा पनि केही ठूला निर्णय गर्न सक्ने विश्वास गरिएको छ । सरकारले मन्त्रिपरिषद् बैठकअघि सबै मन्त्रीलाई मन्त्रालय बाँडफाँट गर्ने बताइएको छ ।
आइतबार मोदीसहित ३० क्याबिनेट मन्त्री र ४१ राज्यमन्त्रीसहित ७२ जनाले शपथ लिएका थिए ।

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया