भारतमा आम्दानीसँगै बढ्यो घरायसी उपभोग खर्च

काठमाडौँ- भारतको ग्रामीण र शहरी क्षेत्रहरूमा वस्तु र सेवाहरूमा घरेलु खपत खर्चमा व्यापक वृद्धि भएको छ ।
विगत एक दशकमा भारतको घरेलु खपत खर्चमा व्यापक वृद्धि भएको मिनिस्ट्री अफ स्टाटिस्टिक्सले जनाएको आईएएनएसले उल्लेख गरेको छ ।
मन्त्रालयले गरेको सर्वेक्षणअनुसार सन् २०११-१२ को तुलनामा सन् २०२२-२३ मा ग्रामीण भारतमा मासिक प्रतिव्यक्ति घरपरिवार खपत ४० प्रतिशत बढेको छ । मुद्रास्फीतिको समायोजन पछि खपत ४० प्रतिशतले बढेको हो ।
निरपेक्ष रूपमा भारतको ग्रामीण क्षेत्रमा मासिक प्रतिव्यक्ति उपभोग खर्च २०११-१२ मा १ हजार ४ सय ३० भारतीय रुपैयाँ रहेकोमा सन् २०२२-२३ मा २ हजार ८ रुपैयाँ पुगेको छ ।
त्यसैगरी, सहरी क्षेत्रमा पनि मुद्रास्फीति समायोजनपछि २०११-१२ मा २ हजार ३ सय ६० रहेकोमा सन् २०२२-२३ मा प्रतिव्यक्ति घरेलु खपत खर्च ३ हजार ५ सय १० रुपैयाँ पुगेको सर्वेक्षणले देखाएको हो ।

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया