सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

पाकिस्तानी प्रधानमन्त्री सरिफद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

काठमाडौँ- पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले लगातार तेस्रो कार्यकालका लागि शपथ लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै नयाँ कार्यकालको सफलताको लागि शुभकामना दिएका छन् । 

पाकिस्तानी प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्समार्फत् विजयको लागि बधाई तथा नयाँ कार्यकालको सफलताको लागि शुभकामना दिएका हुन् । 

नरेन्द्र मोदी र उनको मन्त्रिमण्डलका  सदस्यले आइतबार नै शपथ लिएका थिए । 

राष्ट्रपति भवनमा भएको शपथ ग्रहण समारोहमा भारतको छिमेकी र हिन्द महासागर क्षेत्रका नेताहरू उपस्थित भएका थिए । 

भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानको प्रधानमन्त्रीको रूपमा फेब्रुअरीमा दोस्रो पटक शपथ लिएपछि शाहबाज सरिफलाई बधाई दिएका थिए भने शाहबाजले बधाईका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए । शाहबाज सरिफ पाकिस्तानको २४ औँ प्रधानमन्त्री हुन् ।