भारतीय विदेशमन्त्री जयशंकरले चीन र पाकिस्तानसँगको सम्बन्धबारे के भने ?

काठमाडौँ - एस जयशंकरले दोस्रो पटक विदेश मन्त्रालयको जिम्मेवारी लिएपछि पाकिस्तान र चीनसँगको सम्बन्धलाई लिएर प्रतिक्रिया दिएका छन् ।
एस जयशंकरले समाचार एजेन्सी एएनआईलाई भने, 'कुनै पनि देशमा, विशेष गरी लोकतन्त्रमा कुनै पनि सरकार लगातार तीन पटकको निर्वाचनले विश्वलाई सन्देश दिन्छ कि भारतमा राजनीतिक स्थिरता छ। भारतका जनताले आफ्ना प्रधानमन्त्रीलाई विश्वास गर्छन्।'
'हामी पक्कै पनि हाम्रो चासो विश्वसामु राख्नेछौं।'
एस जयशंकरले भने, 'चीन र पाकिस्तान फरक देश हुन्, सम्बन्ध पनि फरक छ, समस्या पनि फरक छन्।'
'चीनसँगको सिमानामा केही समस्याहरू बाँकी छन्, हामी समाधान गर्ने प्रयास गर्नेछौं।'
'पाकिस्तानसँग सीमापार आतंकवादको म'द्दा वर्षौंदेखि छ। यसलाई कसरी समाधान गर्न सकिन्छ हेरौं।'
आइतबार, एस जयशंकरले दोस्रो पटक क्याबिनेट मन्त्रीको रूपमा शपथ लिए। सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्त्रिपरिषद्मा विभाग बाँडफाँड गरेका छन् ।

दुई दशकदेखि कोमामा गएका साउदी राजकुमार

श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च: विश्व बैंक
ट्रम्पको कर कटौतीको संकेतपछि के भन्छ चीन ?

युक्रेन अग्रिम मोर्चा रोक्ने पुटिनको प्रस्ताव
चीनले ‘शेन्जोउ–२०’ मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गर्ने

कश्मीर आक्रमणपछि भारतको प्रतिक्रिया: पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध…

अक्सफोर्डमा मानव खप्परवाट बनेको कपमा पिइने गरिन्थ्यो वाइन, अहिले भयो खुलासा

प्रतिक्रिया