न्युजिल्याण्डलाई हराउँदै वेस्ट इण्डिज सुपर आठमा

काठमाडौँ- वेस्ट इन्डिज जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ । बिहीबार बिहान भएको समुह सी अन्तर्गतको खेलमा वेस्ट इन्डिजले न्युजिल्याण्डलाई १३ रनले पराजित गरेसँगै विश्वकपको सुपर आठमा पुगेको हो ।
वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन मात्र बनाएको थियो ।
न्युजिल्याण्डका लागि ग्लेन फिलिपले सर्बाधिक ४० रन बनाए भने फिन एलेनले २६ तथा मिचेल सान्टनरले अविजित २१ रन बनाएका थिए । त्यस्तै वेस्ट इन्डिजका बलर अल्जारी जोसेपले ४ र गुडाकेश मोतिले ३ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाउदै १४९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि शेरफान रुथरवूडले सर्बाधिक ६८ रन बनाएका थिए । त्यसैगरी न्युजिल्याण्डका बलर ट्रेन्ट बोल्टले ३ तथा टिम साउथी र लुकी फर्गुसनले २-२ विकेट लिएका थिए ।
यो जितपछि वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक सहित समुह सी बाट सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै न्युजिल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ र सुपर आठको यात्रा संकटमा परेको छ । यस समुहमा अफगानिस्तानले २ खेलमा दुवै जित हासिल गरेर ४ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ ।
अब अफगानिस्तानले शुक्रबार पिएनजीविरुद्धको खेलमा जित हासिल गरेमा सुपर आठमा पुग्ने छ भने न्युजिल्याण्ड सुपर आठको दौडबाट बाहिरिने छ ।
न्युजिल्याण्डले अब तेस्रो खेल शनिबार युगान्डासँग खेल्ने छ । त्यस्तै वेस्ट इन्डिजले भने जुन १८ मा अफगानिस्तानसँग खेल्ने छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया