दुविधामा राहुल गान्धी

काठमाडौँ- भारतको लोकसभा चुनावमा आफ्ना दुवै सिटबाट विजयी भएका कांग्रेस नेता राहुल गान्धी ‘दुविधा’मा परेका छन् । राहुल गान्धीले केरलको वायनाड वा उत्तर प्रदेशको रायबरेली छाड्नुपर्नेछ ।
बुधबार वायनाडको भ्रमणको क्रममा राहुल गान्धीले भने कि उनी संसद्मा कुन सिटलाई प्रतिनिधित्व गर्ने भन्ने 'दुविधामा' थिए ।
उनले भने 'यसको जवाफ मबाहेक सबैलाई थाहा छ ।' राजनीतिमा सबैलाई थाहा हुन्छ, राजनीति गर्नेलाई बाहेक । केरलाको एडभान्ना, मलाप्पुरम, कलपेटा र वायनाडमा भएको बैठकमा उनले जे निर्णय लिन्छन् वायनाड र रायबरेली दुवैका जनतालाई खुशी बनाउने बताए ।
राहुल गान्धीले मंगलबार रायबरेलीका मतदाताहरूको लागि आयोजित धन्यवाद रैलीमा आफ्नो दुविधाको उल्लेख गरेनन् । तर उनले वायनाडमा यसबारे चर्चा गरेका थिए ।
राहुलको भाषणमा उनले वायनाड सिट छाड्ने संकेतहरू थिए । उनले भने 'तपाईंहरूले मलाई परिवारको सदस्यले जस्तै माया गर्नुभयो । मेरा भावनाहरू व्यक्त गर्न पर्याप्त शब्दहरू छैनन् । तपाईंहरूको मायालाई जीवनभर सम्झिरहनेछु ।'

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया