यू-२० एसियन कप छनोटका लागि नेपाल समूह 'बी' मा

काठमाडौँ- सन् २०२५ मा चीनमा आयोजना हुने एएफसी यू-२० एसियन कप फुटबल प्रतियोगिताको छनोटका लागि नेपाल समूह 'बी' मा परेको छ ।
एएफसीले बिहीबार सार्वजनिक गरेको 'ड्र' अनुसार नेपाल समूह 'बी' मा परेको हो । यस समूहमा उज्बेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडिया पनि रहेका छन् ।
समूह 'बी' का खेलहरू चाइनिज ताइपेइमा हुने तालिका रहेको छ । छनोट खेलहरू सेप्टेम्बर २१ देखि २९ तारिखसम्म आयोजना हुने एएफसीले जनाएको छ ।
नेपालले पहिलो खेल कम्बोडियाविरुद्ध सेप्टेम्बर २१, दोस्रो खेल चाइनिज ताइपेइविरुद्ध सेप्टेम्बर २३, तेस्रो खेल उज्बेकिस्तानविरुद्ध सेप्टेम्बर २५ तथा चौथो खेल बहराइनविरुद्ध सेप्टेम्बर २७ मा खेल्ने तालिका रहेको छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया