सांसद आचार्यको आरोपप्रति क्यानको खण्डन - क्रिकेटको गरिमा घटायो (विज्ञप्तिसहित)

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले नेकपा एमालेका सांसद भीम आचार्यले संसदमा टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका सवालमा क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग गरेकोप्रति खण्डन गरेको छ ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद आचार्यले संसदमा नेपाली क्रिकेटको विषयमा उठाएको विषयले नेपाली क्रिकेट, संसद र सांसदको गरिमा घटाएको उल्लेख गरेका छन् । उनले हुँदै नभएको कपोलकल्पित कुरा सांसदले उठाएको बताएका छन् ।
उनले क्रिकेटको नाममा राजनीति गर्न खोज्नेहरूले नेपाली क्रिकेट विवादित र विभाजन गर्न खोजेको समेत आरोप लगाएका छन् ।
सांसद आचार्यले जेठ ३० गतेको प्रतिनिधि सभामा ८० डलर पर्ने टिकट १३५ रुपैयाँमा क्यान नेतृत्वले बेचेको भन्दै क्यान नेतृत्वले आर्थिक अपचलन गरेको, नेपाललाई जिताउन नभई हराउन भूमिका खेलेको र खेलाडीको शिर निहुराउने काम गरेको भनेर खेलाडीबाटै गुनासो आएको बताउँदै छानबिन समितिको माग गरेका थिए ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया