न्युजिल्यान्डका फास्ट बलर बोल्टले अब टी-२० खेल नखेल्ने

काठमाडौँ- जारी टी–२० विश्वकपमा न्युजिल्यान्डको खराब प्रदर्शनका बीच अनुभवी फास्ट बलर ट्रेन्ट बोल्टले टी-२० क्रिकेट नखेल्ने घोषणा गरेका छन् । उनले खेलको छोटो ढाँचामा जारी टी–२० विश्वकप आफ्नो अन्तिम विश्वव्यापी प्रतियोगिता हुने बताएका हुन् ।
बोल्ट सन् २०११ मा डेब्यु गरेदेखि नै न्युजिल्यान्ड टोलीका महत्वपूर्ण सदस्य रहेका छन् । उनीसँग टी–२० विश्वकप, एकदिवसीय विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलेको अनुभव छ । उनले सन् २०१४ यता चारवटा टी–२० विश्वकपमा भाग लिएका छन् ।
युगान्डासँगको खेलअघि नै न्युजिल्यान्ड विश्वकपको सुपर आठ चरणबाटै बाहिरिएको थियो । टोलीले अब समूह सी मा आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीको सामना गर्नेछ, जुन ३४ वर्षीय बायाँ हाते बलरको टी-२० विश्वकपमा अन्तिम खेल हुनेछ ।
'यदि म आफ्नो बारेमा कुरा गर्छु भने, यो मेरो अन्तिम टी-२० विश्वकप हुनेछ,' बोल्टले युगान्डामाथि न्यूजिल्याण्डको नौ विकेटको जितपछि भने ।
उनले भने- 'मैले भन्नु पर्ने यति हो । पक्कै पनि यो प्रतियोगितामा हामीले चाहेको सुरुवात थिएन । यो पचाउन गाह्रो छ । सुपर आठमा जान नसकेकोमा हामी निराश छौं, तर देशको प्रतिनिधित्व गर्ने मौका पाउनु गर्वको क्षण हो । देशका लागि खेलेकोमा ड्रेसिङ रुममा निकै गर्व छ । पछिल्ला केही वर्षहरूमा हाम्रा रेकर्डहरू उत्कृष्ट छन् । दुर्भाग्यवश, गत हप्ता हामीले राम्रो खेल्न सकेनौं र बाहिर भयौं ।'

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया