बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य

काठमाडौँ- बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ ।
जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुदै १०६ रन बनाएको हो ।
बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक १७ रन बनाए भने महमुदुल्लाह र रिशाद होसैनले १३-१३ रन बनाएका थिए ।
त्यस्तै जाकेर अलीले १२ र लिटन दासले १० रन बनाएका थिए ।
त्यस्तै यस खेलमा नेपाली बलरले शानदार बलिङ गरेका थिए ।
बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए ।
सन्दीपले यस खेलमा २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पुरा गरेका छन् । ५४ खेलमा १०० विकेट लिएका सन्दीप छिटो सय विकेट खेलाडीको सूचीमा राशिद खानपछि दोस्रो स्थानमा रहेका छन् । राशिदले ५३ खेलमा सय विकेट लिएका थिए ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया