टी–२० विश्वकपमा तुलनात्मक रुपमा व्याटिङ कमजोर देखियो : कप्तान पौडेल

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी टी–२० विश्वकपमा तुलनात्मक रुपमा व्याटिङ कमजोर देखिएको बताएका छन् ।
नेपाल क्रिकेट संघले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा कप्तान पौडेलले बलिङ्मा नेपालले धेरै राम्रो गरेपनि विश्वकपमा तुलनात्मक रुपमा व्याटिङ कमजोर देखिएको बताएका हुन् । यद्दपी उनले पिचको कन्डिसनले पनि ब्याट्सम्यानले चाहेजस्तो प्रदर्शन गर्न नसकेको जिकिर गरे ।
आईसीसी टी–२० विश्वकप अन्तर्गतका अन्य खेलहरुमा पनि पिचकै कारण धेरै रन बन्न नसकेको उनको भनाइ छ । कप्तान पौडेलले दक्षिण अफ्रिकाविरुद्धको खेलमा जितको नजिक पुगेर अन्तिम रन बनाउन नसक्दा निकै दुख लागेको बताए ।
नेपाली टिमलाई अनुभवको धेरै खाँचो रहेकाले आगामी दिनमा बलियो राष्ट्रहरुसंग खेल्ने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । उनले फिल्डीङ्मा पनि केहि समस्या देखिएको जिकिर गरे ।
उनले आईसीसी टी–२० विश्वकपसम्म पुग्दा नेपालले धेरै कुरा सिक्ने मौका पाएको भन्दै आगामी दिनमा राम्रो क्रिकेट खेल्ने धारणा राखे ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया