बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा
काठमाडौँ- अफगानिस्तान आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुपर ८ को समूह '१' अन्तर्गत आज बिहान भएको खेलमा बंगलादेशलाई डिएल मेथडअनुसार ८ रनले पराजित गर्दै अफगानिस्तानले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।
अफगानिस्तानले २ खेल जित्दै उपविजेता बन्दा भारत भने ३ खेल जितेर समूह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गर्यो । यता अस्ट्रेलिया र बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।
वर्षाका कारण प्रभावित आजको खेलमा बंगलादेशले डिएल मेथडअनुसार १९ ओभरमा १ सय १५ रनको लक्ष्य पाएको थियो । तर उसले १७ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ५ रनमात्र बनाउन सक्यो ।
बंगलादेशका लागि लिटन दासले सर्वाधिक ५४ रन बनाए । अफगानिस्तानका लागि कप्तान राशिद खानले ४ विकेट तथा नविन-उल-हकले ४ हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनायो । अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले ४३ रनको योगदान गरे ।
बंगलादेशका लागि रिशद होसेनले सर्वाधिक ३ विकेट हात पारे ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया